भुमे गाउँपालिका-९ को अर्ध वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

भुमे गाउँपालिका-९ को अर्ध वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

रुकुम पूर्वको भुमे गाउँपालिका-९ को चुनबाङमा अर्ध वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । साउन १ गतेदेखि माघ १५ गत्ते सम्ममा वडा कार्यालयबाट भएका कार्यसम्पादनको अर्धवार्षिक समिक्षा गरिएको वडा अध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट अहिलेसम्म ४९ वटा नयाँ नागरिकता सिफारिस, ७ वटा मालपोत सिफारिस, १९ वटा घर बाटो प्रमाणीकरण , ९ वटा नाता प्रमाणित र ५६ वटा व्यक्तिगत घटना दर्ता गरिएको जानकारी दिइएको छ ।

जसबाट १ लाख ४९ हजार ५ सय ७० राजश्व संकलन गरिएको छ । वडा नम्बर ९ का वडा अध्यक्ष प्रवेश पुनको अध्यक्षतामा भएको अर्ध वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दयालु सिं पुन, ईलाका प्रहरी कार्यालय चुनबाङका इन्चार्ज महेन्द्र बहादुर खत्री , भुमे गाउँकार्यपालिका सदस्य सन्तली दमाई लगाएतको सहभागिता रहेको थियो । वडा सदस्य दिपक पुनको स्वागत मन्तव्यमा बाट सुरु भएको कार्यक्रमको संचालन वडा सदस्य नमिता पुनले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार