मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु

बाँके । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो।

उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। थापाले मोटरसाइकल चलाएका थिए भने खड्का पछाडि सवार थिए। तीब्र गतिका कारण उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झकल शर्माका अनुसार दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार दंगिशरण-३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन्। उनको पनि कोहलपुरमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक शर्माका अनुसार शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण-५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार