शनिबार थप ९९ जनामा कोरोना संक्रमण

शनिबार थप ९९ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित थपिएका छन्।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ।

हाल देशभर १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित रहेका  छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार