पछिल्लो २४ घण्टामा २२५१ पीसीआर परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २२५१ पीसीआर परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ।

हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका  छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार