भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।

जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ । भट्टको घाँटीमा पनि निलडाम रहेको छ ।

उनको यौनांगमा पनि घाउ रहेको पाइएको छ । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार