खेतबाली जोगाउन थापिएको विधुतीय धरापमा परेर एक जनाको मृत्यु

खेतबाली जोगाउन थापिएको विधुतीय धरापमा परेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ । रौतहटको वृन्दाबन नगरपालिका-९ भुसाहामा एक व्यक्ति चोरी गर्न जाँदा घरधनीले लखेटेपछि भाग्नेक्रममा खेतबाली जोगाउन रातको समयमा राखिएको विधुतीय धरापमा परेर मृत्यु भएको दावी प्रहरीले गरेको छ।

माघ २२ गते रौतहटको गुजरा नगरपालिका-७ प्रतापपुर पल्टुवाका २४ वर्षीय रितु महरा मृत भेटिएका थिए। करेन्ट लागेर उनको मृत्यु भएको प्रारम्भिक आशंका प्रहरीको थियो।

प्रहरीका अनुसार महरा माघ २१ गते साँझ स्थानीय मोहम्मद आलमको घरमा चोरी गर्न पुगेका थिए। तर आलमले थाहा पाएर लखेटेपछि महरा स्थानीय लमाहा नदी कटेकाले घर फर्किएका थिए। तर भाग्नेक्रममा महराको साथमा भएको मफलर भेटेर आलमले घरमा ल्याएका थिए। मफलर कसको हो भनी आलमले बुझ्दा मृतक व्यक्ति महरा भएको खुलेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार