निर्वाचनको कामलाई निरन्तरता दिन आयोगलाई प्रधानमन्त्री ओलीको सुझाव

निर्वाचनको कामलाई निरन्तरता दिन आयोगलाई प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्वाचनको कामलाई निरन्तरता दिन निर्वाचन आयोगका अधिकारीलाई सुझाव दिएका छन् । मंगलबार आयोग कार्यालयमै पुगेर प्रमुख आयुक्त र आयुक्तलाई प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार आयोगको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्री ओलीले आयुक्तहरुलाई धन्यवादसमेत दिएका छन् । ‘वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचन तयारीका सम्बन्धमा जानकारी लिन सम्माननीय प्रधानमन्त्री केपी ओली निर्वाचन आयोग आउनुभयो’, थापाले भने, ‘आयोगमा प्रमुख आयुक्त र आयुक्तसँग छलफल भएको छ । प्रधानमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै धन्यवाद दिनुभएको छ । उहाँले आयोगको कामलाई निरन्तरता दिन सुझावसमेत दिनु भएको छ ।’

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीका लागि आयोगले गरेका कामको जानकारी गराए् । उनले सुरक्षा बन्दोबस्ती र बजेटका विषयमा प्रधानमन्त्रीलाई जनकारीसमेत गराएका छन् । थपलियाले आयोगले तोकिएको समयमा निर्वाचन गर्ने गरी काम गरिरहेको बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार