काठमाडौँमा प्रचण्ड–नेपाल समुहले शक्ति प्रदर्शन गर्दै

काठमाडौँमा प्रचण्ड–नेपाल समुहले शक्ति प्रदर्शन गर्दै

फाईल तस्बीर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ ।

आन्दोलनरत नेकपाको (प्रचण्ड–नेपाल खेमा) ले बुधबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो । सो सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

विरोधसभा अघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् ।

दुई लाख भन्दा बढि नागरिक सभामा सहभागी गराउने दाबी गरेको नेकपाले त्यसका लागि विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौँ ल्याएको छ । नेकपाको प्रचण्ड–नेपाल खेमाले बुधबारको ‘जनप्रदर्शन’ निर्णायक हुने समेत दाबी गरेको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार