भाइले चलाएको बन्दुकको गोली लागेर दाइको मृत्यु

भाइले चलाएको बन्दुकको गोली लागेर दाइको मृत्यु

लमही । दाङमा मंगलबार दिउँसो सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ।  गढवा गाउँपालिका–२ चिमचिमेस्थित तिरतिरे जंगलमा सिकार खेल्न गएका दुईजना मध्ये सोही ठाउँका ३९ वर्षीय इन्द्रबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका इन्चार्ज राजकुमार भट्टले जानकारी दिए।

दाइ इन्द्रबहादुर र भाइ २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए। सो क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको घटनास्थलमा मृत्यु भएको थियो।

‘जंगलमा दाजुभाइ सिकार खेल्न गएको र सो क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार