दाङमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ

दाङमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ

घोराही । दाङमा १७ लाख बराबरका सुनचाँदीका गरगहनासहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- १७ वनकट्टा घर भई घोराही उपमहानगरपालिका-१५ दिपशिखा रोडमा डेरा गरी बस्ने २५ वर्षीय प्रकाश डाँगी र भारतको उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भई डाँगीसँगै बस्ने ३५ वर्षीय पंकजकुमार गुप्ता छन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले उनीहरू दुबै जनालाई गोप्य सूचनाका आधारमा घोराही उपमहानगरपालिका-३ गोग्लीबाट बिहीबार राति पक्राउ गरिएको जानकारी दिए।

अवैध रूपमा सुनचाँदीको ओसारपसार र कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट १७ लाख बराबरको सुनचाँदीका गरगहना बरामद भएको हो ।

पक्राउ परेका व्यक्तिमध्ये डाँगीको साथबाट चार वटा सुनका बाला बरामद भएको र त्यसको तौल गर्दा दुई सय आठ ग्राम ३२ मिलिग्राम रहेको डिएसपी रिजालले जानकारी दिए। डाँगीबाट बरामद भएको सुनका बालाहरूको हाल बजार मूल्य १६ लाख ६९ हजार ९ सय बढी पुग्ने उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार