प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

तस्बिरः रासस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केवलकारको शिलान्याश गरेका छन्। शनिबार बुटबलमा केवलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुत रुपमा अगाडि बढाउने र आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाए।

आयोजना निर्माणकर्ताहरुले एक वर्षभित्र निर्माण सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै उनले आयोजना बनाउने क्रममा बाटोमा परेका रुख कटानको समस्यालाई सरकारले समयमै निकास दिने आश्वान दिए।

उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ केबलकार लोकप्रिय बन्ने विश्वास व्यक्त गरे। उनले लुम्बिनी र कपिलवस्तु ज्ञानमूभि, ध्यानभूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्‍याउने बताए।

लुम्बिनी केबलकार प्रालिद्वारा बुटबल उपमहानगरपालिका ३ गोलपार्क, बमघाटमा निर्माण गरिने केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ। तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार