प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

फाईल तस्बीर

काठमाडौँ । संसद विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ। आज दिउँसो पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलन घोषणा गरिने पार्टीले जनाएको छ।

संसद विघटनलाई असंवैधानिक भन्दै यो समूहले दुई चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ। यस क्रममा नेपाल बन्द, विरोधसभा, धर्ना तथा मसाल जुलुसको कार्यक्रम गरिएको थियो।

तेस्रो चरणका आन्दोलनबारे पत्रकार सम्मेलनमा जानकारी दिइने पार्टीले जनाएको छ। अध्यक्ष प्रचण्डले फागुन पहिलो सातादेखि राजनीतिक दलहरुबीच संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका थिए। तर त्यसमा कांग्रेस र जसपा तयार भएका छैनन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार