सोमबार हुने प्रदर्शन व्यापक बनाउन सभापति देउवाको अपिल

सोमबार हुने प्रदर्शन व्यापक बनाउन सभापति देउवाको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।

सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन भनेका छन्। ‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन्।

प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ। उनले लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार