प्रचण्ड–माधव समूहद्वारा आन्दोलनका कार्यक्रम घोषणा

प्रचण्ड–माधव समूहद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेकपाको प्रचण्ड-माधव समूहद्धारा सरकारबिरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। प्रचण्ड-माधव समूहको मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यस पक्षले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु ल्याएको हो।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ भने फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको नेता योगेश भट्टराईले जानकारी दिएका छन ।

फागुन ७ मा सबै वडामा विरोध गरिनेछ भने फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने नेता योगेश भट्टराईले दिए। यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार