भागरथी हत्या प्रकरण : प्रहरी भन्छ थप प्रमाण जुटाउँदै छौँ

भागरथी हत्या प्रकरण : प्रहरी भन्छ थप प्रमाण जुटाउँदै छौँ

काठमाडौँ । वैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान टुंगोमा पुग्न लागेको संकेत प्रहरीले गरेको छ।

सुदुर पश्चिम प्रदेश प्रहरी प्रवक्ता मुकेश सिंहले आशंका गरिएका व्यक्तिलाई सुक्ष्म निगरानीमा राखिएको र थप प्रमाण जुटाउने काम भइरहेको जानकारी दिए।

‘केही तथ्य हामीले फेला पारेका छौँ। आशंकितको संलग्नता पुष्टि गर्ने अन्य प्रमाणहरु हामी खोजिरहेका छौँ। उनले हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको दावी गरे।

यसअघि मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलले भागरथी हत्या प्रकरणमा प्रहरी अभियुक्त नजिक पुगेको बताएका थिए। दोगडाकेदार गाउँपालिका-७ की भट्ट विद्यालयबाट फर्कनेक्रममा माघ २१ गते बेपत्ता भएकी थिइन्।

उनको शव भोलिपल्ट विद्यालय जाने आउने बाटोसँग जोडिएको जङ्गलमा फेला परेको थियो। पोष्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार