माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्दार

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्दार

ओखलढुंगा । पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्दार गरिएको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्दार गरिएको हो।

काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका-३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही पुतबहादुर तामाङको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा उद्दार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार