मगलबार थप ११० जनामा काेराेना संक्रमण, ४ जनाको मृत्यु

मगलबार थप ११० जनामा काेराेना संक्रमण, ४ जनाको मृत्यु

प्रतीकात्मक तस्बिर।

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण चारजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६५ पुगेको छ ।

विगत चौबीस घण्टामा तीन हजार २१८ जनाको पीसीआर परिक्षण गरिएकामा ११० जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ । त्यस्तै चौबीस घण्टामा १०२ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६५ जना छन् भने आइसोलेसनमा एक हजार ५३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार