चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षय काेष वितरण

चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षय काेष वितरण

मुसिकोट । मुसिकाेट खलङ्गा बहुमुखी क्याम्पस पश्चिम रूकुमले चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षय काेष वितरण गरेकाे छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे स्मृति दिवसकाे अवसरमा शुक्रबार उक्त अक्षय काेष बितरण गरिएकाे हाे ।

क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माकाे अध्यक्षता एवम् जिल्ला समन्वय समिति पश्चिम रूकुमका उप-प्रमुख इन्दिरा बुढा मगरकाे प्रमुख आतिथ्यता र मुसिकाेट नगरपालिका सामाजिक विकास समितिका संयाेजक सुशील गाैतमकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वत्ताहरूले नेपालमा जनयुद्धका कारण नै गणतन्त्र र संघीयता प्राप्त भएकाे बताए ।

उनीहरूले जनयुद्धका सहिदकाे उचित सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे । साे अवसरमा जेहेन्दार तर्फ उत्कृष्ट जिपिए ३६० प्राप्त गर्ने छात्रा खिमा पुन मगरलाई पाँच हजार नगद प्रदान गरिएकाे छ ।

त्यसै गरि जेहेन्दार तर्फ नै भरत कुमार वली , धारणा वली, चन्द्रमा वली र सीता खड्कालाई जनही ३ हजार ५ सय रूपैयाँ प्रदान गरिएकाे छ । त्यसै गरि गरिब तथा विपन्न एवम् अपांग तर्फ रामप्रसाद राेका र दुर्गा राेकायालाई क्रमश: तीन हजार र सहिद परिवार तर्फ शहीद पुत्र कमल पाण्डेलाई तीन हजार प्रदान गरिएकाे छ । कार्यक्रमकाे सञ्चालन उप-प्राध्यापक हर्कबहादुर वलीले गर्नुभएकाे थियाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार