चितवन पुगेर कांग्रेस महामन्त्रीले भने : सरकारको नेतृत्व गर्न कांग्रेस तयार छ

चितवन पुगेर कांग्रेस महामन्त्रीले भने : सरकारको नेतृत्व गर्न कांग्रेस तयार छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले मुलुकलाई निकास दिन कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस उभिने बताए ।

नेकपाको विभाजन नहुँदासम्म सत्ता समीकरणमा कांग्रेसको भूमिका नरहने भन्दै महामन्त्री कोइरालाले ओलीको कदमविरुद्ध रहेका दलहरुबीच सहकार्य हुनुपर्ने बताए ।

‘कांग्रेस र नेकपाको प्रचण्ड-माधव पक्ष मिलेर भएपनि ओलीजीलाई हटाउनुपर्छ । त्यसपछि मुलुकलाई निकास दिने र निर्वाचन गर्नसक्ने गरी कांग्रेस सरकारमा जानुपर्छ’, कोइरालाले भने । उनले नेकपाको औपचारिक विभाजनका लागि पनि कांग्रेसले प्रचण्ड-माधव पक्षसँग सहकार्य गर्नुपर्ने बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार