पछिल्लो २४ घण्टामा ५५३६ मा पिसिआर गर्दा १०७ लाई कोरोना

पछिल्लो २४ घण्टामा ५५३६ मा पिसिआर गर्दा १०७ लाई कोरोना

प्रतीकात्मक तस्बिर।

काठमाडौँ । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५५३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ। पछिल्लो २४ घन्टामा ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ पुगेको छ।

निको हुने दर ९८.६ प्रतिशत पुगेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार