रुकुम पश्चिमको पार्टी कार्यालयमा एमालेको बोर्ड

रुकुम पश्चिमको पार्टी कार्यालयमा एमालेको बोर्ड

मुसिकोट । सर्वोच्च अदालले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र व्यूताउने फैसला गरेपछी नेकपा एमाले पक्षधर कार्यकर्ताले पार्टी कार्यालयमा एमालेको वोर्ड टांगेका छन्।

रुकुम पश्चिमको बागबजार स्थित नेकपाको जिल्ला कार्यालयमा नेकपा एमालेको बोर्ड टाँगिएको हो । पार्टी एकता नहुदा यो कार्यालय एमालेको थियो ।  एमाले र माओवादीको एकतापछि यो कार्यालय नेकपाको कार्यालय भएको थियो ।

तत्कालीन नेकपा ओली समूहका केन्द्रिय सदस्य खेममान खड्का, नन्दराम देबकोटा, नारायण कुमार शाह र जिल्ला अध्यक्ष टंक प्रसाद ओलीले संयुक्तरुपमा नेकपा एमाले लेखेको ब्यानर टाँगेको युवा संघका केन्द्रिय सदस्य हरिबोल भारतीले जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार