मंगलबार ५९ जना कोरोना संक्रमित थपिए

मंगलबार ५९ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको छ।

देशभर हालसम्म ८७० जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ७ सय १५ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ। गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार