प्रतिनिधि सभाको दोस्रो बैठक आज

प्रतिनिधि सभाको दोस्रो बैठक आज

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनःस्थापनापछि बुधबार दोस्रो बैठक बस्दै छ। गत आइतबार बसेको पहिलो बैठक प्रतिपक्षीको विरोधपछि स्थगित भएको थियो।आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यसअघि यही फागुन २३ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध पारेको थियो। –तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए।

विरोधपछि सभामुख अग्नि सापकोटाले बैठक फागुन २५ सम्मका लागि स्थगन गरी फागुन २६ का लागि अर्को बैठक बोलाएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार