सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी बिजयी

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी बिजयी

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा दाङका अर्जुन गिरी बिजयी भएका छन्। आज बिहान काठमाडौंमा भएको सातौं अधिबेशनबाट कूल खसेको १७८ मतमध्ये गिरीले १६१ मत ल्याएर अध्यक्षमा बिजयी भएका हुन्।

अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए भने ३ मत बदर भएको थियो। यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी चयन भएका छन्। उपाध्यक्षहरूमा निमेष कर्ण, मिलन गाहा, बन्दना दनुवार, भुवन सिंह चयन भएका छन्।

महासचिवमा  किशोरजङ्ग थापा चयन भएका छन्। कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन्। अकोराबमा नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा नेकपा एमाले र जसपालगायत दल निकट पत्रकार गठबन्धन गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार