भरुवा बन्दुकसहित एकजना पक्राउ

भरुवा बन्दुकसहित एकजना पक्राउ

गोरखा । गोरखामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका १९ वर्षीय सन्देश गुरुङ पक्राउ परेका हुन् ।

मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

गुरुङको घर खानतलासी गर्दा अवैध रुपमा राखेको भरुवा बन्दुक फेला परेको डीएसपी दाहालले बताए । पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार हातहतियार खरखजाना अन्तरगत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार