संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कोइराला

काठमाडौँ । संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन्। शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले कोइरालाको नेतृत्वमा ११ सदस्स्यीय समिति निर्विरोध निर्वाचित गरेको हो।

उपाध्यक्ष अमृत सुवेदी, सचिव रोहितराज पराजुली, कोषाध्यक्ष तारा चापागाईं दुवे, सहसचिव युवराज श्रेष्ठ चयन भए। सदस्यहरु प्रकाश ढकाल, बासु पौडेल, विशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ ९युनिश० र उमेश पुन मगर छन्।

अधिवेशन उद्घाटनपछि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन हरिबहादुर चुमानले संसदमा बोलेका कुराको खोजी गर्दै समाचार बनाउनुपर्ने धारणा राखे। पछिल्लो समय पत्रकारले खोजीबिना नै समाचार लेख्ने प्रवृत्ति हाबी हुन थालेको हो कि भन्ने भान भएको उनले बताए। ‘पछिल्लो समय खोजी नगरी अरुले भनेको भरमा काम गर्ने पत्रकार हाबी भएको जस्तो भान भएको छ,’ उनले भने,‘यसको विषयमा संसदीय पत्रकार मञ्च चनाखो भएर लाग्नुपर्छ।’

संघीयताका बारेमा लेख्दा गहिराइमा गएर लेख्न उनले आग्रह गरे। एक फरक प्रसंगमा संघले अधिकार बाँडफाड गर्दा मिलाएर अगाडि बढ्नुपर्ने धारणा राखे। अब साझा अधिकार सूचीमा कानुन बनाउनेमाग उठाउनुपर्ने उनको भनाइ छ। संसदीय पत्रकार मञ्चले धेरै सिर्जनात्मक काम गरेको जनाउँदै भोलिका दिनमा सहकार्य गर्दै जाने बताए।

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार