रुकुममा माओवादीको दम्भ, अहंकार र बेथिति कायमै : काँग्रेस नेता पाण्डे

रुकुममा माओवादीको दम्भ, अहंकार र बेथिति कायमै : काँग्रेस नेता पाण्डे

मुसिकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व संसद बद्रि पाण्डेले रुकुममा माओवादीको दम्भ, अहंकार र बेथिति कायमै रहेको बताउनुभएको छ । उहाँले केन्द्रमा सत्ताको नेतृत्व गरिदिन आग्रह गर्ने तर जिल्लामा हैकमवाद लादेको अवस्था रहेकोले यस बिषयमा पार्टीमा स्पष्ट पार्ने बताउँनुभयो छ ।

कार्यकर्ता प्रशिक्षणको क्रममा रुकुम पश्चिममा आउनु भएका पाण्डेले आईतबार बिहान नेपाल प्रेस युनियन रुकुमद्धारा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै ‘केन्द्रमा सत्ता सहकार्यका कुरा गर्ने माओवादीबाटै रुकुममा जनता प्रताडित भैरहेको बताउनुभयो । काँग्रेस नेता पाण्डेले भन्नुभयो, – ‘यो सम्भव छैन, माओवादी आफुले जितेको ठाउँमा पनि सहकार्यको वातावरण बनाउनुपर्छ ।’ जिल्ला स्तरका कार्यकर्ताहरु राजनीतिक आस्थाकै कारण प्रताडित भैरहेको बताउँदै उहाँले रुकुमका सबैजसो स्थानीय सरकारहरु बिकृति, विसंगति र गलत कर्म गरेर चलिरहेको जनाउनुभयो । स्थानीय सरकारले सहुलियत ऋण दिने भन्दै पार्टी सदस्यता बाँडेको पाईएको समेत उहाँले उल्लेख गर्नुभयो । केन्द्रमा केपी ओलीले संविधान विपरितका गतिबिधि गर्ने र गाउँमा माओवादीहरुले अनैतिक धन्दा गर्ने कार्य काँग्रेसको लागि स्विकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।

केपी ओली नेतृत्वको सरकारलाई नैतिकताको प्रश्न उठाउने माओवादीहरुले आफुले अनुहार ऐना हेर्न आवश्यक रहेको भन्दै नेता पाण्डेले ओलीलाई सत्ताच्युत गर्न काँग्रेस तयार रहेको जनाउनुभयो । नेता पाण्डेले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारलाई जसरी पनि विस्थापन गर्नुपर्ने जनाउनुभयो । जसपाले ठोस निर्णय नगरेपछि काँग्रेस आफ्नै नेतृत्वमा अगाडि सर्न नसकेको उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनमा काँग्रेस कसैसँग गठबन्धन नगर्ने तर सरकार गठनमा आवश्यकता अनुसार गठबन्धन गर्न तयार रहेको समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओली, नेपाल बिद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोदहरि गुरागाई, नेपाली काँगे्रस सूचना विभागका प्रवक्ता अन्जना अर्याल, नेपाली काँग्रेसका नेता तिलक भण्डारी, खड्कबहादुर डाँगी, मेहन्द्र के.सी.लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार