नुहाउन गएकी बालिका फर्किनन्

नुहाउन गएकी बालिका फर्किनन्

मुसिकोट / नयाँ बर्षको अघिल्लो दिन नुहाउन र कपडा धुन भनेर घरबाट निस्केकी रुकुम पश्चिमको सानीभेरि गाउँपालिका वडा नम्बर १ कि प्रेमकला पुन चार दिनसम्म पनि घर फर्केकि छैनन् । १४ बर्षिय प्रेमकला ५ दिनसम्म पनि फेला नपर्दा सानीभेरि नदिमा डुबेको परिवारजनको आशंका छ । उनको अवस्था हाल सम्म अज्ञात रहेको छ ।

नयाँ बर्ष मनाउने रहरले नुहाउने र लुगा धुनेगरी घर नजिकैको भेरीनदिमा गएकि प्रेमकलाको अवस्था ५ दिन सम्म पनि अज्ञात रहेको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । गत चैत्र ३१ गते नुहाउन भनेर भेरी नदिमा गएकि निजको खोजि कार्य जारी राखिएको तर भेटाउन नसकिएको अध्यक्ष पुनले जनाउनुभयो । प्रेमकला कक्षा ८ मा अध्ययनरत थिईन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार