सिआईबीद्वारा चौरजहारी अस्पतालका डाक्टर पक्राउ

सिआईबीद्वारा चौरजहारी अस्पतालका डाक्टर पक्राउ

मुसिकाेट । रुकुम पश्चिमकाे चौरजहारी अस्पतालमा कार्यरत एक जना डाक्टर पक्राउ परेका छन । अस्पतालका डा. दिपेन्द्र गौतमलाई नेपाल प्रहरिको केन्द्रिय अनुसन्धान ब्युरोको टोलिले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।                                                शैक्षिक योग्यताका प्रमाणपत्र सम्बन्धिको मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । लिखत सम्बन्धि मुद्दामा जिल्ला अदालत काठमाडौको पक्राउ आदेश पछि उनलाई पक्राउ गरिएको हो । मनाङ जिल्लाको कामे गाउँपालिका वडा नम्बर ५ निवासी डा. गौतम देखि चौरजहारी अस्पतालमा कार्यरत थिए । ३१ बर्षका गौतमको एसएलसिको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनिमाथी रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार