त्रिवेणीमा तरुण दलको भेला सम्पन्न

त्रिवेणीमा तरुण दलको भेला सम्पन्न

मुसिकोट । नेपाल तरुण दल त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको भेला तथा नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आईतबार नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका वडा न ३ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

भेलाले यहि बैशाख २० गते भित्र त्रिवेणी गाउँपालिका भरिका १० वटै वडामा तरुण दल गठन गरि सक्ने र बैशाख २५ गते बृहत तरुण भेला गर्ने निर्णय गरेको नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका सचिव सन्तोष ओलीले बताउनुभयो ।

नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका वडा न ३ का सभापति मन बहादुर ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रुकुमका उपसभापति भिम बहादुर डाङ्गी, सह सचीव थलबहादुर खड्का, पुर्व उपसभापति वीरबहादुर ओली, नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका सचिव सन्तोष ओली, नेपाल बिद्यार्थी संघका जिल्ला उपाध्यक्ष भिम खड्का लगायत वडा सभापतिहरुको उपस्थिती रहेको त्रिवेणी गाउँपालिका सचिव सन्तोष ओलीले बताउनुभयो ।

उक्त भेलामा नेपाली काङ्ग्रेसका सदस्य तथा व्यवसायी प्रेम ओली र नेपाल विद्यार्थी संघका उपाध्यक्षद्धारा सौजन्य टिसर्ट बितरण पनि गरियको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार