नेबि संघ रुकुमद्धारा स्थापना दिवसकोे अवसरमा शैक्षिक सामाग्री वितरण

नेबि संघ रुकुमद्धारा स्थापना दिवसकोे अवसरमा शैक्षिक सामाग्री वितरण

मुसिकोट । नेपाल बिद्यार्थी संघ रुकुम पश्चिमले स्थापनाको ५२ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा संघले मुसिकोट नगरपालिका वडा नम्वर ३ धैरेनीचौरमा रहेको शिव आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
बिद्यालयमा अध्यनरत शिशु कक्षा देअि ५ कक्षा सम्मका सम्पूर्ण बिद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डका सामाग्रीका साथै शैक्षिक सामग्री बितरण गरिएको नेपाल बिद्यार्थी संघ रुकुम पश्चिमका अध्यक्ष लालबहादुर ओलीले बताउँनुभयो । उक्त बिद्यालयमा करिब ९५ प्रतिशत बिद्यार्थीहरु दलित रहेका छन् । सरकारी बिद्यालयमा आकर्षक बढाउनलाई उक्त बिद्यालयमा सहयोग गरिएको अध्यक्ष ओलिले बताउँनुभयो ।

मुसिकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष भिमबहादुर खड्काको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेबि संघका निर्वमान केन्द्रिय सदस्य तारक केसी, नेपाली काँग्रेसका नेता लक्ष्मण शर्मा, उक्त बिद्यालयका अध्यक्ष टिकाराम खत्री, जी.पी. कोईराला अध्ययन केन्द्र्रका कार्यबहक अध्यक्ष शोविराम केसी लगायतको उपस्थिति रहेको थियो । नेबि संघ रुकुम पश्चिमका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बसन्त चन्दले गर्नुभएको थियो भने सह सचिव हेमराज के.सी.ले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार