कोरोना कहरका बिच मुसिकोटमा बजार अनुगमन

कोरोना कहरका बिच मुसिकोटमा बजार अनुगमन

मुसिकोट । रुकुम पश्चिमको सदरमुकाम स्थित बजारमा अनुगमन गरिएको छ । कोरोना भाईरसको संक्रमण बढिरहेको बेला हुन सक्ने कालोबजारी तथा महंगी नियन्त्रण गर्न मुसिकोट नगरपालिकाको संयोजनमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमद्धारा संयुक्त बजार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा सदरमुकाममा रहेका बिभिन्न पसलहरुमा रहेको सामाग्री विवरण, मूल्य सूचि विवरण, व्यवसाय दर्ता तथा नविकरणको अवस्था, सामाग्रीको गुणस्तर तथा म्याद, सरसफाई लगायतका बिषयमा अनुगमन गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताउँनुभयो । बजारमा रहेका अस्पताल, मेडिकल, होटेल, खाद्य तथा किराना पसल, तरकारी तथा फलफूल पसलहरुको सयुक्त रुपमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले सदरमुकामका ५१ ओटा खाद्य तथा किनारा पसल, १७ ओटा तरकारी तथा फलफुल पसल, १५ ओटा होटेल तथा खाजा नास्ता पसल र ९ ओटा अस्पताल, मेडिकल तथा फार्मेसी अनुगमन गरिएको अनुगमन समितिका संयोजक समेत रहनुभएका तिवारीले बताउँनुभयो ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गुज्रेका खाद्य सामाग्रीहरु बरामद गरि नियन्त्रणमा लिईएको छ भने दर्ता तथा नविकरण नभएका व्यवसायीहरुलाई तत्काल व्यवसाय दर्ता, नविकरण गर्न निर्देशन दिईएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालन गरी गरिएको अनुगमनमा समितिले सबै व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । बजार अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।

सुयक्त बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरवल केसी, पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख अशोक राना, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलि, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा रेग्मी, उद्योग हित संरक्षण कार्यालयका मोहन कुमार केसी, उद्योग वाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार