शर्मा दम्पतीद्धारा बिद्यालयमा अक्षयकोष स्थापना

शर्मा दम्पतीद्धारा बिद्यालयमा अक्षयकोष स्थापना

मुसिकोट । शिक्षण पेशामा रहेका एक दम्पतिले आफ्नो बुवा ८३ बर्ष पुगेको खुशियालीमा अक्षयकोषको स्थापना गरेका छन् । रुकुम पश्चिमको मुसीकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दप्रसाद शर्मा र उहाँकी श्रीमति यमुना नन्द नमूना मावि मुसीकोट ५ शेरिगाउँमा कार्यरत शिक्षक सुशिला शर्माले बुवा वीरभद्र शर्मा ८३ वर्ष पुगेको अवसरमा एक लाख एक हजार एक सय ११ रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको हो ।

शर्मा दम्पतिले सल्यानको कुमाख गाउँपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक विद्यालय रागेचौरमा “वीरभद्र शर्मा तथा देवकला अक्षयकोष २०७८” स्थापना गर्नुभएको हो। उक्त कोषबाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई अक्षयकोषको लभांशबाट प्राप्त हुने रकम वितरण गरिने छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा बस्दै आउनुभएका शर्माद्धय सल्यानको कुमाख गाउँपालिका ३ का स्थायी वासिन्दा हुनुहुन्छ ।

अक्षयकोष वाफतको रकम र अक्षयकोष संचालन कार्यविधि विद्यालयका प्रध्यानाध्यापक गोरखवहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो । यस कार्यले विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँहरुले यसअघि पनि २ वटा अक्षयकोष स्थापना गरिसक्नुभएको छ । मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा १ लाख १५ हजार १५ रुपैंयाको “चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षयकोष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिममा १५ हजार १५ रुपैंयाको सुमन सुमना साहित्यिक अक्षयकोष खडा गर्नुभएको छ ।

जनता माध्यमिक विद्यालय रागेचौरमा स्थापना गरिएको उक्त अक्षयकोषको संरक्षकमा पूर्णदेवी शर्मा, दयाराम शर्मा र ईन्द्रराज शर्मा रहनुभएको छ । शर्माद्धयलाई उक्त मानविय तथा समाजिक कार्यको लागि धन्यवाद सहित प्रंशासा गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार