रुकुममा एक कोरोना संक्रमितको मृत्यु

रुकुममा एक कोरोना संक्रमितको मृत्यु

मुसिकोट । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका मुसिकोट नगरपालिकाका ६० वर्षीय एक पुरुषको विहीबार राती साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

केही दिनदेखि अचानक ज्वरो आउने, टाउको दुःख्ने, श्वास प्रश्वासमा समस्या देखिएर समस्या बढ्दै गएपछि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

नयाँ भेरिएन्ट सहितको कोभिड १९ को संक्रमण सुरु भएयता जिल्लामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

यस अघि वैशाख ६ गते मुसिकोट कै एक ४० वर्षीया महिलाको कोरोना संक्रमणकै कारण जिल्ला अस्पतालकै आइसोलेशनमा मृत्यु भएको जिल्ला अस्पतालका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।

दोस्रो चरणको कोरोना सुरु भएयता जिल्लामा ९६ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन रावलले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार