रुकुम पश्चिममा बैशाख १९ गतेदेखि निषेधाज्ञा

रुकुम पश्चिममा बैशाख १९ गतेदेखि निषेधाज्ञा

मुसिकोट । बैशाख १९ गते आईतबार देखि लागु हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

महामारीका रुपमा फैलिएको कोेरोना भाईरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तिब्र रुपमा बढेकोले निषेधाज्ञा जारी गर्नुपरेको केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले संक्रमण दर बढ्न सक्ने हुँदा संक्रमण फैलावटको साङलो तोड्न एवम् संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यबस्थापन गर्न निशेधाज्ञा जारी गरिएको बताउनुभयो । उहाँले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ का उपदफा (३) बमोजिम निशेधाज्ञा लगाईएको जनाउनुभयो । निशेधाज्ञा बैशाख १९ गते आईतबार बिहान ६ बजेदेखि बैशाख ३१ गते शुक्रबार राती १२ बजे सम्म हुनेछ ।

यस अवधिमा अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा र हिडडुलमा समेत निशेष गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले कोरोना भाईरसको दोश्रो लहरबाट हालसम्म जिल्लामा १ सय ५ जना संक्रमिति भएको, २ जनाको ज्यान गएको, ५ जनालाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा पठाईएकोले सबैलाई सुरक्षित राख्न यस्तो निर्णय गरेको बताउनुभयो । संक्रमित मध्य ९ जना अस्पतालमा उपचाररत हुनुहुन्छ भने ८९ जना होम आईशोलेशनमा हुनुुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार