पूर्वप्रधानमन्त्री खनाललाई देखियो कोरोना, अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री खनाललाई देखियो कोरोना, अस्पताल भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण भएसँगै उनी मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका छन्।

त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि सोही अस्पतालमा राखिएको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार