मुसिकोटमा आजदेखि ५० बेडको आईसोलेशन अस्पताल

मुसिकोटमा आजदेखि ५० बेडको आईसोलेशन अस्पताल

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आज देखि ५० बेडको आईसोलेशन सञ्चालन गरेको छ । मंगलबार देखि नगरपालिकाको वडा नं. १ को राप्ती समाज अस्पताललाई भाडामा लिएर आईसोलेशन अस्पताल सञ्चालनमा ल्याएको हो ।

पाँच वटा अक्सिन सहितका र अन्य नर्मल बेड गरी ५० बेडको आईसोलेसन अस्पताल सञ्चालन भएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरहरि तिवारीले बताउँनुभयो । सो आईसोलेसन अस्पतालमा ५ जना स्वास्थ्यकर्मी खटाइने समेत अधिकृत तिवारीले जनाउनुभयो ।

पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकोले संक्रमितहरुको सहज उपचारको लागि अस्पताल भाडामा लिएर आईशोसनल अस्पताल सुरु गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार