जिल्ला अस्पतालको आईसोलेशनमा बेड अभाव, भुईमै राखेर उपचार

जिल्ला अस्पतालको आईसोलेशनमा बेड अभाव, भुईमै राखेर उपचार

मुसिकोट । लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला अस्पतालमा रहेको आईसोलेशन वार्डमा बेड अभाव भएको छ । बेड अभावका कारण संक्रमितहरुको उपचार भुईमै राखेर भैरहेको अस्पतालले जनाएको छ ।

८ वेडको आईसोलेसनमा अहिले १२ जना लक्षण सहितका कोरोना भाईरसका बिरामीहरु रहेका छन । बिरामीहरु भुईमा राखेर उपचार गर्दै आएको जिल्ला अस्पतालका डाक्टर राजकुमार भुजेलले बताउनुभयो । बेड अभाव भएपछि केहि बिरामीलाई भुईमा राखेर अक्सिन दिएर उपचार गरिदै आएको छ ।

पछिल्लो समय जिल्ला अस्पतालमा भर्ना भएका अधिकाश बिरामीहरुलाई अक्सिन आवश्यक भएको छ । डाक्टर भुजेलका अनुसार भुईमा राखेर उपचार भैरहेका संक्रमितहरुलाई आजै मुसिकोट नगरपालिकाले संचालन गरेको आईसोलेशन अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

मुसिकोट नगरपालिकाले आजैदेखि स्थानीय राप्ती समाज अस्पताललाई भाडामा लिएर ५० बेडको आईसोलेशन अस्पताल संचालनमा ल्याएको छ । रुकुम पश्चिममा अहिले सम्म १ सय ९९ जना सक्रिय कोरोना संक्रमितहरु रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार