स्वास्थ्य सेवा कार्यालय सल्लेमा थप सेवा विस्तार गरिने

स्वास्थ्य सेवा कार्यालय सल्लेमा थप सेवा विस्तार गरिने

मुसिकोट । नयाँ भेरियन्टसहितको कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि कोरोना संक्रमितको उपचारमा थप प्रभावकारी गर्न स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको थप सेवा विस्तार गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम सल्लेबाट सञ्चालन हुदै आएका प्रसुति सेवा बाहेक अन्य सेवाहरु मुसिकोट नगरपालिकाले सञ्चालन गरेको राप्ती समाज अस्पतालको भवनबाट सञ्चालन गर्ने निर्णय गरिएको छ ।

पूर्व मन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको उपस्थितिमा बिहिबार भएको बैठकले १२ वटा निर्णय गरेको हो ।

त्यस्तै जनस्वास्थ्य कार्यालयको प्रशासनिक भवनलाई अन्य ठाउँमा राखेर त्यहाँ कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने, कोरोना उपचार व्यवस्थापनका लागि प्रदेश सरकारबाट आएको १ करोडलाई शब बहान, एम्बुसेन्स र अक्सिजन लगायतका सामाग्रीहरु खरिद गर्ने लगायतका निर्णय भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार