प्रहरीमाथि हातपात, दुई युवकविरुद्ध मुद्दा

प्रहरीमाथि हातपात, दुई युवकविरुद्ध मुद्दा

काठमाडौं । मास्क किन नलाएको भन्दा सुनसरीमा प्रहरीमाथि नै हातपात भएको छ। प्रहरीमाथि हातपात गर्ने दुई युवकविरुद्ध मुद्दा चलाइएको छ। इनरुवा नगरपालिका–९ पोखरी चोकमा हिँडडुल गरेका दुई युवकलाई प्रहरीले मास्क लगाउन भन्दै सम्झाउँदै थिए।

तर, मास्क लगाउनुको साटो उल्टै उनीहरूले प्रहरीमाथि हातपात गरे। प्रहरीलाई हातपात गरेको आरोपमा इनरुवा–१० जाल्पापुरका २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्नेक्रममा उल्टै उनीहरुले प्रहरीलाई गालीगलौज तथा हातपात गरेको सुनसरी प्रहरीको भनाइ छ।

हातपात गर्ने दुवै जनालाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार