रुकुम पश्चिमको जुगेडाँडामा लगाइएको अफिम नष्ट

रुकुम पश्चिमको जुगेडाँडामा लगाइएको अफिम नष्ट

फाईल फोटो

मुसिकोट । रुकुम पश्चिममा प्रहरीले अवैध लागुऔषध अफिमको खेती नष्ट गरेको छ । आईतबार मुसिकोट नगरपालिका वडा नम्बर १० जुगेडाँडामा एक सय वर्गमिटर क्षेत्रफलमा गरिएको अफिमखेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रहरी चौकी झुलखेतका ईन्चार्ज चन्द्र नेपालीको कमाण्डमा गएको टोलीले उक्त अफिमखेती नष्ट गरेको हो । स्थानीय यज्ञ बहादुर खड्काको बारीमा लगाएको गोप्य सूचनामा आधारमा प्रहरीले अफिम नष्ट गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभएको छ ।

अफिम नष्ट भएपनि अफिमखेती गर्ने कुनै व्यक्ति पक्राउ परेका छैनन् । यो समय अफिमको सिजन भएकाले जिल्लाका सम्भावित ठाउँहरूमा सर्च अप्रेसन चलाउनेदेखि कार्यालयमा आएका सूचनाका आधारमा फँडानी अभियान चलाएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभएको छ ।

अफिमको अबैध खेती गर्नेलाई नेपालमा कडा कानुनी ब्यवस्था भएपनि मानिसहरु यसको लुकीछिपि खेती गर्न छाडेका छैनन । एक बोट देखि २५ बोट सम्म अफिम खेती गर्नेलाई एक वर्ष देखि ३ बर्ष सम्म कैद र पाँच हजार देखि पच्चिस हजार सम्म जरिवाना हुने ब्यवस्था छ ।

त्यो भन्दा माथी बोटहरुको खेती गर्नेलाई तिन बर्ष देखि १४ बर्ष सम्म जेल सजाय र २५ हजार देखि दुइ लाख सम्म जरिवाना हुने ब्यवस्था छ ।त्यस्तै एक सय ग्राम देखि माथीको अफिम कारोबार गर्नेलाई १५ बर्ष देखि जन्मकैद सम्म जेल सजाय र पाँच लाख देखि २५ लाख सम्म जरिवाना गर्ने कानुनी ब्यवस्था छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार