सल्ले अस्पतालको अक्सिजन प्लान्ट र भेन्टिलेटर सुचारु गर्न रुकुमका ६ राजनीतिक दलको माग

सल्ले अस्पतालको अक्सिजन प्लान्ट र भेन्टिलेटर सुचारु गर्न रुकुमका ६ राजनीतिक दलको माग

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेलाई ज्ञापनपत्र बुझाउदै नेकपाका नेता नरेन्द्र विक

मुसिकोट । जिल्ला अस्पताल सल्लेमा करोडौँ रकम खर्च गरेर ल्याइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरु आवश्यक जनशक्ति अभावमा वर्ष दिनदेखि थन्किएको भन्दै तत्कालै सुचारु गर्न रुकुम पश्चिमका राजनीतिक दलहरुले माग गरेका छन ।

जिल्लामा कोरोना महामारि फैलिएको तर अस्पतालमा गएको वर्ष खरिद गरिएका भेन्टिलेटर सहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएको भन्दै त्यसलाई तत्कालै सुचारु गर्न माग गर्दै रुकुम पश्चिमका ६ राजनीतिक दलहरुले सोमबार प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेलाई १६ बुँदे सयुंक्त ज्ञापनपत्र बुझाएका छन ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र सहज जनजीवन निर्वाहका निम्ति जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायहरूलाई जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउनको निम्ति संयुक्त ज्ञापनपत्र बुझाएको नेकपाका नेता नरेन्द्र विकले जानकारी दिनुभएको छ ।

त्यस्तै जिल्लाका सबै स्थानीय तहमा निःशुल्क कोरोना परीक्षण तथा उपचारको व्यवस्था गर्न र कोरोना कारण मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन, चौरजहारी र सल्ले अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा संचालन गर्न, नीजि अस्पताल र क्लिनिकहरुमा कोरोना बाहेकका विरामिको उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउन (नेकपा) एमाले का नेता नन्दराम देवकोटा, नेपाली काग्रेसका नेता कृष्ण बहादुर रोकाय, जनता–समाजवादी पाटीका नेता प्रसराम खत्री, राष्ट्रिय जनमोर्चाका नेता गिरीप्रसाद बुढा, नेकपाका नेता नरेन्द्र विक, राप्रपाका नेता सुधीरविक्रम शाहलगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

सयुंक्त ज्ञापन पत्र

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार