रुकुम पूर्वमा आज राति १२ बजेदेखि जेठ ५ गतेसम्म लकडाउन

रुकुम पूर्वमा आज राति १२ बजेदेखि जेठ ५ गतेसम्म लकडाउन

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लामा कोरोना भाइसर संक्रमितको संख्या बढेपछि एक साताका लागि लकडाउन गरेको छ । कोभिड–१९ को नयाँ भेरीयन्टका कोरोना संक्रमण फैलिँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आज राति १२ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउन जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।

मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम एक साताका लागि लकडाउन जारी गरिएको हो ।

लकडाउन अबधिभरमा अति आवश्यक सेवा बाहेकका अन्य सेवाहरुमा रोक लगाईएको छ । एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, पशुपंक्षी तथा पशुपंक्षीको दाना, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी, फलफुल, दुग्ध पदार्थ, माछा, मासु र पानी बोक्ने सवारी साधन संचालन हुन पाउँने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै अति आवश्यक काम नपरी घर बाहिर नसिस्किन प्रशासनले अनुरोध गरेको छ । आदेश पालना नगर्ने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार