निषेधाज्ञाको समयमा बिहे भोज गर्ने पक्राउ

निषेधाज्ञाको समयमा बिहे भोज गर्ने पक्राउ

काठमाडौँ । पर्वतमा निषेधाज्ञाको समयमा बिहे भोज गर्ने दुई जना दुलहा पक्राउ परेका छन्। जलजला गाउँपालिका –२ माझफाँटमा निषेधाज्ञाका समयमा बिहे भोज गर्ने दुई दुलहा बुधबार पक्राउ परेका हुन्।

मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो।

उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन्। प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए। प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार