बाँफिकोटमा ढुंगा बोेकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाईते

बाँफिकोटमा ढुंगा बोेकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाईते

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ७ स्थित दुलिङ खोलामा सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ढुंगा बोकेर जाँदै गरेका रा १ त ३८९५ नम्बरको ट्याक्टर बाँफिकोट गाउँपालिका वडा नम्वर ६ बाट जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर बाँफिकोट गाउँपालिका वडा नम्वर ६ का १६ बर्षिय आशिष केसीको घटनास्थलै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले बताउनुभयो । दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्वर ७ का २५ बर्षिय चालक मनबहादुर बि.क. गम्भिर घाईते हुुनु भएको प्रहरी निरीक्षकक शाहिले जनाउनुभयो । उहाँको शरिरको तत्लो भागमा गम्भिर चोट लागेको छ भने अर्का घाईते बाँफिकोट गाउँपालिका वडा नम्वर ७ का बर्षिय बिजय अधिकारीको टाउको, खुट्टा र छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाईते दुबैको स्थानीय कुसारी मेडिकल हलमा उपचार भैरहेको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार