चार ओटा गाडी आपसमा ठोक्किदा तीन जना घाइते

चार ओटा गाडी आपसमा ठोक्किदा तीन जना घाइते

काठमाडौ ।  शुक्रबार बिहान भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका छन्। सूर्यविनायक नगरपालिका ९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परेर तीन जना घाइते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।

प्रहरीका अनुसार घाइते हुनेहरू ट्रकमा सवार थिए। सो दुइटा सवारीसाधन ठक्कर खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठोक्किन पुगेका हुन्। प्रदेश ३- ०१-०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठोक्किन पुगेको हो। स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो।

ती दुबै सवारीसाधनमा पनि सामान्य क्षति पुगेको छ। दुर्घटनामा परी घाइते हुनेहरूकको डा ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको कसैको हात वा खुट्टामा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना हुनुको कारण अहिले खुलिसकेको छैन। चारै वटा सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले यससम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार