नयाँ सरकारका लागि एक सय ४९ सांसदको हस्ताक्षर बोकेर देउवा र प्रचण्ड शीतल निवासमा

नयाँ सरकारका लागि एक सय ४९ सांसदको हस्ताक्षर बोकेर देउवा र प्रचण्ड शीतल निवासमा

काठमाण्डौ । नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदको हस्ताक्षर सङ्कलन भएको छ ।

सङ्कलित हस्ताक्षर लिएर कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बुझाउन शीतल निवास जानुभएको छ ।

नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार