नेशनल माईक्रोफाइनान्सद्धारा स्वास्थ्य सामाग्री बितरण

नेशनल माईक्रोफाइनान्सद्धारा स्वास्थ्य सामाग्री बितरण

सुर्खेत । कोरोना भाइरसको नियन्त्रण र सचेतनाका लागि अग्रभागमा रहेर कार्य गर्ने प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु बितरण गरिएको छ । मंगलबार प्रहरी चौकि मेहेलकुना सुर्खेतलाई नेशनल माइक्रोफाइनान्स मेहेलकुना सुर्खेतले स्वास्थ्य सामाग्रीहरु बितरण गरेको हो ।

माइक्रोफाइनान्सका शाखा प्रबन्धक हरि शर्माका अनुसार सुरक्षाकर्मीहरुको जोखिम न्युनिकरणको लागि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराईएको हो । शर्माले प्रहरी चौकि मेहेलकुनालाई ३ बोतल सेनिटाईजर, १ पोका माक्स र २५ पिस ग्लोब्स हन्तान्तरण गरिएको बताउनुभयो ।

नेशनल माइक्रोफाइनान्सले प्रहरीलाई गरेको सहयोग प्रति मेहेलकुना प्रहरी चौकिले धन्यवाद व्यक्त गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार