जन्मदिनको अवसरमा कोरोना संक्रमितहरुको लागि निशुल्क खाना खुवाउन ५५ हजारको खाद्यन्न सहयोग

जन्मदिनको अवसरमा कोरोना संक्रमितहरुको लागि निशुल्क खाना खुवाउन ५५ हजारको खाद्यन्न सहयोग

मुसिकोट । आफ्नो जन्मदिनको अवसर पारेर जिल्ला अस्पताल सल्लेमा रहेका कोरोना संक्रमित र उहाँका कुरुवालाई निशुल्क खाना खुुवाउने कार्यको लागि यहाँका एक समाजेसवीले ५५ हजार बराबरको खाद्यन्न सहयोग गर्नुभएको छ ।

प्रतिक निर्माण सेवा र प्रतिक ट्राभल्सका प्रोपराईटर कमला बि.क.ले आफ्नो ३८ औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गर्नुभएको हो । मुसिकोट नगरपालिका वडा नम्वर १ सल्ले निवासी कमला हाल नेपालगञ्जमा रहनु भएको छ ।

आज कोरोना संक्रमित र उहाँका कुरुवाहरुको लागि नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समुह)ले निशुल्क खाना खुवाउने अभियानका लागि सरस्स्वती माबि सल्लेमा सञ्चालन गरेको क्यान्टिनमा उक्त सामाग्रीहरु उपलब्ध गराईएको हो । उपलब्ध गराईएको सामाग्रीहरुमा २ सय ५० किलो चामल, ४० किलो दाल, २० लिटर तेल, १० पेटि मिनिरल वाटर, २ सय २० ओटा अण्डा, ५ किलो चिनि, चियापत्ति, लसुन, मसला लगायत लगायत रहेका छन् ।

आज कमलाको जन्मदिनको अवसरमा उँहाको तर्फबाट बुवा धनिराम नेपालिले र प्रतीक ट्राभल्सका शाखा प्रबन्धक लालबिर बोहराले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले गर्नुभएको थियो ।

निशुल्क खाना खुवाउने अभियान संचालन गरिरहेको नेकपा रुकुम (विप्लव नेतृत्व) का जिल्ला कार्यालय सदस्य विकले जन्मदिनको सुअवसरमा यस खालको पुन्य तथा परोपकारी कार्य गर्नुभएकोमा धन्यबाद व्यक्त गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार