कोरोना बिरुद्ध जनचेतनामुलक टोल समिती गठन

कोरोना बिरुद्ध जनचेतनामुलक टोल समिती गठन

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ७ दाजे औलिगाउमा बिश्वब्यापी फैलिरहेको कोरोना भाइरसलाई टोलमा फैलिन नदिन र भाइरसबाट जोगिनाको लागि जनचेतना मुलक टोल समिति गठन गरिएको छ ।
हिजो बिहिबारका दिन ७ सदस्सीय टोल समिती गठन गरिएको टोल समिति सदस्य अर्जुन केसिले बताउनु भयो । उक्त जनचेतना मुलक टोल समितिले टोलका घर घरमा गयर कोभिड १९ बाट बच्ने बिभिन्न सावधानीका बारेमा सन्देश दिनेछ । नियमित साबुन पानीले हात धुने, नियमित मास्क प्रयोग गर्ने, भौतिन दुरि कायम गर्ने, जस्ता महत्त्वपूर्ण सन्देश टोलमा प्रचार गरिने बताइएको छ ।
समितिले टोलमा भेला, बैठक, समूहमा जम्मा हुन नपाइने, नेपाल बाहिरबाट आउने नागरिक नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइन कम्तिमा १४ दिन बसि घरमा प्रबेश गर्ने भनी सुचना प्रकासित गरेर प्रत्येक घरका भित्तामा टाँसेको छ ।
कोरोना भाइरस ले उग्ररुप लिइरहेको हुदा आफ्नो टोल कोभिड मुक्त टोल बानाउने उदेश्यले युवाहरु मिलेर जनचेतना मुलक समिती गठन गरिएको सदस्य दिपक केसिको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार